About Us OLD – Nemax Nepal

Call us: +977-9801365102

Welcome to Official Website of Nemax Nepal

परिचयः

यस नेम्याक्स नेपाल ईन्डष्ट्रिज प्रा.लि. बिभिन्न प्रकारका औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री तथा आवस्यकता अनुसार उक्त सामाग्रीहरुको मर्मत तथा सम्भार कार्य गर्ने उदेश्यले स्थापित कम्पनी हो ।
हालसम्म यस कम्पनीले विभिन्न प्रकारका उत्पादनमुलक तथा सेवामुलक ब्यावसायीहरुलाई आवस्यक औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्६ पुर्जाहरु आयात गरी त्यसको जडान कार्य गरी बिक्री बितरण गर्दै आएको छ । हाम्रो बिगत लामो समयदेखिको संलग्नता तथा सफल ब्यावसायिक अभ्यासवाट भबिष्यमा उत्पादन गर्न नसक्ने पार्ट पुर्जाहरु आयात गरी बांकी स्वदेशमा नै उत्पादन गरी उत्पादनमुलक तथा सेवामुलक उद्दोगहरुको आवस्यकता अनुसार आवस्यक साइज तथा बनावटमा आवस्यक थपघट – (Customize) गरी बिक्री बितरण गर्ने योजना रहेको छ ।

औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री कार्यको अतिरिक्त नबिनतम् प्रबिधी -Laser Cutting, Marking, and Welding Technology) र दक्ष जनशत्तिको उपयोग गरी कम लागतमा उच्च गुणस्तरिय औद्दोगिक, कृषि, स्वास्थ्य, पर्यावरण, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक उपकरणहरुको अनुसन्धान तथा विकास गरी त्यसको स्थानीय उपयोग तथा निर्यात कार्यलाई जोड दिईनेछ ।
औद्दोगिक उपकरणहरुको तथा पार्ट पुर्जाहरुको उत्पादन, जडान र त्यसको लागि आवस्यक मर्मत सम्भार गर्न प्राविधिकहरुको विकास पनि गरिनेछ ।

उद्धेश्य

यस संस्थाको उद्धेश्यहरु निम्नअनुसार रहेको छ ।


  • बिभिन्न प्रकारका औद्दोगिक उपकरणहरु (Industrial Batch Coding Machine, Laser and CNC Machine, Packaging and Printing Machine, Laser-Cutting, Marking, Welding, Cleaning Machine and many more), मेसिनरी सामानहरुको खरिद, बिक्री तथा आवस्यकता अनुसार उत्पादन कार्य गर्ने गराउने ।
  • बिभिन्न प्रकारका इलेक्ट्रोनिक उपकरणहरु, मेसिनरी उपकरणको लागि आवस्यक पार्टस्हरुको आयात, उत्पादन तथा बिक्री वितरणको प्रबन्ध गर्ने गराउने ।
  • बिभिन्न प्रकारका इलेक्ट्रोनिक उपकरणहरु, मेसिनरी उपकरणको मर्मत सम्भारको प्रबन्ध गर्ने गराउने ।
  • आफ्नो उद्धेश्य संग सम्बन्धित बिषयको तालिम तथा गोष्ठीहरुको प्रबन्ध गर्ने गराउने ।

अध्ययन, सोध, एवम् आविष्कार विधि औजार

हाल तेश्रो मुलुकबाट आयात गरी बिक्री बितरण्ँ गर्दै आएको औद्दोगिक प्याकेजिङ्ग तथा प्रिन्टिङ्ग उपकरण्ँ तथा तिनका पार्ट पुर्जाहरु र अन्य औद्दोगिक उपकरण्ँका पार्ट पुर्जाहरु स्वदेशमै उत्पादन गरी बांकी उत्पादन गर्न नसकिने पार्टस्को आयात गरेर जडान गरी बिक्री बितरण गर्ने हालको योजना अनुसार निम्न सामानहरुको उत्पादन तथा जडान कार्य गरिनेछ ।

शतप्रतिसत क्षमतामा संचालन हुंदा


बिवरण

इकाई

परिमाण

Batch Coding Machine Handheld

Set

   100

Batch Coding Machine Online

Set

   100

LIFTING, HANDLING, LOADING OR UNLOADING MACHINERY (conveyer and paging machine )

Set

    75

Machinery and Metal Parts Processed by Laser Engrave/Cleaning/Welding and Cutting Machine

Set

 50,000

Fiber Laser Machine

Set

    24

Co2 Laser Machine

set

    24


यसको अतिरिक्त नबिनतम् प्रबिधी (Laser Cutting, Marking, and Welding Technology) र दक्ष जनशत्तिको उपयोग गरी कम लागतमा उच्च गुणस्तरिय औद्दोगिक, कृषि, स्वास्थ्य, पर्यावरण्ँ, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक उपकरणहरुको अनुसन्धान तथा विकास गरी त्यसको स्थानीय उपयोग तथा निर्यात कार्यलाई जोड दिईनेछ ।

विश्लेषणको आधार

यस ब्यावसायिक योजना तथा प्रारम्भिक वित्तिय सम्भाब्यता बिश्लेशण को लागि निम्न आधारहरुको प्रयोग गरिएको छ ।

  • हाम्रो बिगतका तथा बर्तमानको ब्यावसायिक गतिबिधिवाट प्रप्त ब्यावसायिक सुचनाहरु ।
  • मेसिन तथा औजारहरुको आयात मुल्य ।
  • उपलब्ध सामानहरुको बजार मुल्य ।
  • नेपाली बजारको बिद्दमान माग तथा आपुर्ति अवस्था ।
  • अन्य पत्रपत्रिका तथा बाह्य सुचनाहरु ।

अपेक्षित नतिजा तथा प्रतिफल

नेपालमा हाल संचालनमा रहेका बिभिन्न साना, मझौला र ठुला औद्दोगिक तथा ब्यावसायिक प्रतिस्ठानहरुमा उपयुक्त ब्याच कोडिङ्ग (Manufacturing Date, Expiry Date, Lot Number etc.) र प्याकेजिङ्ग प्रणाली नहुंदा ब्यावसायिक उत्पादनले घरेलु तथा बाह्यि बजार सुनिस्चित गर्न नसकिरहेको र उपयुत्त ब्याच कोडिé तथा लेबलिङ्ग रहित सामानहरुले मानब स्वास्थ्यमा समेत असर पारिरहेकोले उक्त समस्याको समाधान नेपालमै उत्पादित आधुनिक तथा सहुलियत दरका ब्याच कोडिङ्ग उपकरणहरुबाट गराउदा त्यस्ता प्रतिस्ठानहरुको गुणस्तरीय उत्पादनको प्रत्याभुत गर्न सकिन्छ ।
नेपालमै नभएको वाताबरणमैत्री फाइबर लेजर (Fiber Laser Cutting, Marking, Cleaning and Welding) प्रविधिको प्रयोग गरी विभिन्न मेसीनरी उपकरणहरु र त्यसका पार्ट पुर्जाहरुको उत्पादन तथा आविस्कार गरी आधुनिक औद्दोगिकरणको सुनिस्चितता गर्न सकिन्छ ।
यस ब्यावसायिक योजनाको सफल कार्यान्वयन पस्चात निम्न प्रतिफलहरुको अनुमान गरिएको छ ।

  • औद्दोगिक तथा ब्यावसायिक प्रतिस्ठानहरुको लागि आबस्यक औद्दोगिक उपकरणहरुको (Printing, Packaging, and Laser Processing Machinery) सहज उपलब्धता हुने ।
  • उत्पादकहरुको आवस्यकताअनुसार स्थानिय रुपमा उपलब्ध नहुने मेसिनरी पार्टस् सजिलै कम मुल्यमा उपलब्ध गराउन सहज हुने ।
  • नबिनतम् सीप तथा प्रबिधिको हस्तान्तरण हुने ।
  • रोजगारीको सृजना हुने ।

ब्यवसायको सवल तथा कमजोर पक्षहरु

ब्यवसायको सफल संचालनको लागि उक्त ब्यवसाय संग सम्बन्धित कमजोरी तथा चुनौतिहरु र क्षमता तथा अवसरहरु पहिचान गरी सोही बमोजिम कार्ययोजना तय गरी अघि बढ्नुपर्ने हुन्छ । यस ब्यवसाय संग सम्बन्धित कमजोरी तथा चुनौतिहरु र क्षमता तथा अवसरहरु यसप्रकार छः

क्षमता तथा अवसरहरु

  • लामो समयको औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्ट पुर्जाहरुको विक्री वितरणको अनुभब भएको तथा वजार मागको बारेमा राम्रो जानकार रहेको ।
  • स्थापित ब्यवस्थापकिय तथा वित्तिय संरचना रहेको ।
  • सस्तो मानब संसाधनको उपलब्धता ।
  • देश औद्दोगिक बिकशको चरणमा रहेकाले यस्ता औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्ट पुर्जाहरुको माग प्रशस्त हुने देखिन्छ ।
  • नबिनतम् प्रबिधिले संधै राम्रो ब्यावसायिक स्थान पाउने गर्छ ।

कमजोरी तथा चुनौतिहरु

  • उद्दोगलाई आवस्यक केही कच्चा पदार्थको भन्सारदर तयारी बस्तु भन्दा बढी हुने गरेको ।
  • दक्ष कामदारको अभाब हुन सक्ने ।
  • केही मेसीनरी पार्टस्हरुको लागि सुरुका वर्षहरुमा बैदेशिक बिक्रेताको भर पर्नुपर्ने अबस्था ।
  • नयां प्रबिधिको बिकाश तथा परिवर्तन आइरहने हुनाले सोही अनुकुल प्रबिधिको ब्यवस्थापन गर्न आर्थिक कारणले कठिनाई हुन सक्ने छ ।
  • प्रतिस्पर्धीहरुको आगमन संगै कडा प्रतिस्प्रर्धाको सामना गर्नु पर्ने अवस्था ।

भौतिक श्रोत तथा प्रयोग हुने सामाग्रीहरु

भ.म.न.पा. वार्ड नं. २, नारायणगढ चितवनमा यस कम्पनीको उत्पादन, जडान तथा भंडारण कार्यको लागि १२,०० बर्ग फिटको भवन भाडामा लिई संचालन गरिनेछ तर ब्यापारिक कार्यको लागि तथा कार्यालय प्रयोजनको लागि हाल संचालनमा रहेको कार्यालयको उपयोग गरिनेछ ।
प्रयोगमा आउने भौतिक श्रोत तथा प्रयोग हुने सामाग्रीहरु यस प्रकार छन्ः

स्थिर सम्पत्ति सामानहरु

  • भाडाको भवन, गोदाम तथा कार्यालय,
  • उत्पादन तथा जडान उपकरणहरु,
  • कार्यालय फर्निचरहरु,
  • कम्प्युटर तथा प्रिन्टर उपकरणहरु,
  • सवारी साधन,
  • अन्य टुल्स औजारहरु ।
    (विस्तृत विबरणको लागि प्रारम्भिक वित्तिय सम्भाब्यता बिश्लेशणको लगानी विबरण हेर्नुहोला)
  • चालु सम्पत्ति सामानहरु
  • आयातित पार्टस् उपकरणहरु,
    स्थानिय रुपमा खरिद गरिएका धातुजन्य तथा अन्य कच्चा पदार्थहरु ।

ब्यवसायको बजार माग तथा बजार क्षेत्र

बढ्दो औद्दोगिकरण तथा विकाश संगै बिभिन्न प्रकारका औद्दोगिक प्याकेजिङ्ग, प्रिन्टिङ्ग, र लेजर मेसिनहरु तथा यसका पार्ट पुर्जाहरुकोे माग तिब्र रुपमा बृद्धि भैरहेकोले यस्ता सामाग्रीहरुको विक्री वितरण्ँ तथा बजारीकरण नेपाल अधिराज्यभरी गर्न सक्ने देखिन्छ । औद्दोगिक प्रतिस्ठानहरु, गैर सरकारी निकायहरु, संघिय सरकार, प्रदेश सरकार, स्थानिय सरकार, कृषि, स्वास्थ्य, पर्यावरण्ँ, भौतिक पुर्बाधार तथा अन्य क्षेत्रलाई आवस्यक बिभिन्न उत्पादनको बजार बिस्तार गर्न सकिने छ ।

प्रथम राष्टि«य आर्थिक गणना २०७५अनुसार नेपालमा संचालित प्रतिस्ठानहरुको संख्या ९,२२,४४५ पुगेको देखिन्छ, सोही संख्याको १० प्रतिशत मात्र (अनुमानित १,००,०००) उत्पानदजमुलक साना ठुला औद्दोगिक प्रतिस्ठानहरुका साथै नयां आउने उत्पानदजमुलक उद्दोगहरुको  मागलाई अनुमान गर्दा वार्षिक १०,००० थान ब्याच कोडिङ्ग ( Manufacturing Date, Expiry Date, Lot Number etc.) र लेजर उपकरणहरुको माग रहेकोमा हाम्रो योजना अनुसार वार्षिक २०० देखी ३०० थान ब्याच कोडिङ्ग र लेजर मेसिनको विक्री गर्ने लक्ष्य सजिलै प्राप्त गर्न सकिने देखिन्छ । साथै माथिको सुचना र बजार मागको अध्ययनलाई आधार मान्दा यि उद्दोगहरुमा आवस्यक सहायक पार्ट पुर्जाहरुको ( Machinery and Metal Parts Processed by Laser Engrave/Cleaning/Welding and Cutting Machine ) माग पनि प्रसस्त रहेको छ ।

 

जनशत्ति, सीप र ज्ञानको उपलब्धता

बजारीकरण, कार्यालय संचालन र ब्यवस्थापनको लागि बिद्दमान संरचनाको प्रयोग गर्ने र उद्दोगको लागि पनि हालको प्रविधिक मानव संसाधन उपयोग गर्दै नयां जनशत्तिको विकाश गरिनेछ । 

हालको अवस्थामा अल्पकालीन श्रमिक बाहेक स्थायी जनशत्तिको बिवरण्ँ यसप्रकार छः

नाम, थर

पद तथा जिम्मेवारी

पदम प्रसाद भण्डारी

संचालक तथा प्रबन्धक निर्देशक

राजेश श्रेष्ठ

संचालक तथा निर्देशक

सागर विश्वकर्मा

संचालक तथा निर्देशक

श्तिस थापा

ईन्जिनियर

पुजन कोजु

प्रबिधिक

चेतनाथ मिश्र

प्रबिधिक

शान्ति भण्डारी

सोधपुछ

संचालकहरुको प्रोफइलः


क) पदम प्रसाद भण्डारी
ठेगाना : भरतपुर १४, चितवन
सम्पर्क नम्वर : ९८०१३६५१०२
ब्यावसायिक अनुभव : ९ वर्ष

ख) राजेश श्रेष्ठ
ठेगाना : भरतपुर २, चितवन
सम्पर्क नम्वर : ९८०१३६५१०४
शैक्षिक योग्यता : शिक्षा संकायमा स्नातकोत्तर (एम. एड.)
ब्यावसायिक अनुभव : ४ वर्ष
ब्यावसायिक संलग्नता : नेम्याक्स नेपाल ईन्डष्टि«ज प्रा.लि.

ग) सागर विश्वकर्मा
ठेगाना : भरतपुर २३, चितवन
सम्पर्क नम्वर : ९८०१३६५१०५
शैक्षिक योग्यता : उच्च माध्यामिक
ब्यावसायिक अनुभव : ५वर्ष



Nationwide Shipping

For all our products

Quality Guaranateed

Guaranteed Products

Service After Sales

Offered in the country of usage

About

यस नेम्याक्स नेपाल ईन्डष्ट्रिज प्रा.लि. बिभिन्न प्रकारका औ२ोगिक उपकरणहरु र तिनमा प्रयोग हुने मेसिनरी पार्ट पुर्जाहरुको उत्पादन, जडान, आयात, निर्यात, खरिद, बिक्री तथा आवस्यकता अनुसार उक्त सामाग्रीहरुको मर्मत तथा सम्भार कार्य गर्ने उदेश्यले स्थापित कम्पनी हो । Read More…

Customer Service/Marketing:
9801365104 | 9801365105
Technical Support
9801365102 | 9801365103
Office/Warehouse:
9801365101 | 9840365104
Contact Us

Nemax Nepal Industries Pvt. Ltd.

Bharatpur Height, Chitwan
(Opposite of Bank of Kathmandu)

Aarati Marg, Near Peace Crops, Maharajgunj

nemaxnepal@gmail.com